
जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय डा. रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।