
सुनसरीको बराहक्षेत्र नगरपालिका-१, सत्र नम्बरबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
करिब ९ किलो ५ सय ग्राम लागूऔषधसहित भोजपुर आमचोक गाउँपालिका-८ बस्ने २१ वर्षीय अंकित मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।