
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक अन्तर्गत सिद्धबाबामा माथिबाट खसेको पहिरोमा परेर दुई जना घाइते भएका छन् ।
पहिरोमा परेर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा सवार एक दम्पती गम्भीर घाइते भएका छन् । प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरीक्षक रुम केसीका अनुसार पहिरोमा परेर पाल्पाको रामपुर नगरपालिका-५ का जनक भण्डारी र उनकी श्रीमती कल्पना घाइते भएका हुन् ।

दुवै जनालाई प्रहरीले तत्काल उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । पहिरोमा परेर जनक गम्भीर घाइते भएका छन । यो जोखिमपूर्ण खण्डमा सुरुङ मार्ग निर्माण भइरहेको छ ।
यहाँ हरेक वर्ष धेरै नागरिक पहिरोमा पर्दै आएका छन् ।