२९ असार २०८३, सोमबार

बाढीले उपल्लो मुस्ताङमा चारवटा पुल बगायो, दुइटामा क्षति

असार २५, २०८२
काठमाडौं
बाढीले उपल्लो मुस्ताङमा चारवटा पुल बगायो, दुइटामा क्षति
फाइल तस्वीर

उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

बाढीले फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । 

त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको उनले उल्लेख बताए । 

त्यहाँ खटिएका सुरक्षाकर्मीले स्थानीयलाई हुन सक्ने खतराबारे सूचित गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्