२६ असार २०८३, शुक्रबार

भलिबल, उसु र कबड्डीका खेलाडीलाई बालुवाटारमा नगदसहित सम्मान

असार २५, २०८२
काठमाडौं
भलिबल, उसु र कबड्डीका खेलाडीलाई बालुवाटारमा नगदसहित सम्मान

भलिबल, उसु र कबड्डीका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीलाई बालुवाटारमा नगदसहित सम्मान गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।

गत असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीले जनही तीन लाख रूपैयाँ नगदसहित सम्मान गरे ।

यसैगरी, कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार प्रदान गरिएको छ । 

null

यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक विजेता खेलाडीलाई पनि जनही एक लाख ५० हजार रूपैयाँसहित सम्मान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 
सबै खेलाडीलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्था बमोजिम असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

साथै, प्रधानमन्त्री ओलीले यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई तथा स्वागत गरे । 

null

क-कसले पाए पुरस्कार र सम्मान ?

काभा यू–२० पुरुष भलिबल प्रतियोगिता :

क्र.सं. नामथर पद प्राप्त पदक पुरस्कार रकम रू.
१ अर्जुन नेपाली खेलाडी रजत ३,००,०००/-
२ पहल गहतराज खेलाडी रजत ३,००,०००/-
३ अशोक राना खेलाडी रजत ३,००,०००/-
४ शैलेन्द्र यादव खेलाडी रजत ३,००,०००/-
५ सुर्य वि.क. खेलाडी रजत ३,००,०००/-
६ जित बहादुर सार्की खेलाडी रजत ३,००,०००/-
७ सुरेश मल्ल खेलाडी रजत ३,००,०००/-
८ विश् वास अधिकारी खेलाडी रजत ३,००,०००/-
९ लेसमन राहादी खेलाडी रजत ३,००,०००/-
१० सागर रसौली खेलाडी रजत ३,००,०००/-
११ सुजन सुनार खेलाडी रजत ३,००,०००/-
१२ दिपेश कुंवर खेलाडी रजत ३,००,०००/-
१३ रमेश के.सी. मुख्य प्रशिक्षक रजत २,००,०००/-
१४ लाल बहादुर बटाला सहायक प्रशिक्षक रजत १,२०,०००/-
१५ गणेश सिंह ठगुन्ना व्यवस्थापक रजत १,२०,०००/-

छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिप :
क्र.सं. नामथर पद प्राप्त पदक पुरस्कार रकम रु.
१ मानमति विष्ट खेलाडी कास्य १,५०,०००/-
२ जयन्ती वडु खेलाडी कास्य १,५०,०००/-
३ गंगा घिमिरे खेलाडी कास्य १,५०,०००/-
४ रविना चौधरी खेलाडी कास्य १,५०,०००/-
५ सृजना कुमारी थारु खेलाडी कास्य १,५०,०००/-
६ आस्मा यादव खेलाडी कास्य १,५०,०००/-
७ मनिषा जोशी खेलाडी कास्य १,५०,०००/-
८ निशा खत्री खेलाडी कास्य १,५०,०००/-
९ निशा बोहरा खेलाडी कास्य १,५०,०००/-
१० विनिता पण्डित क्षेत्री खेलाडी कास्य १,५०,०००/-
११ हरिना थापा टिम प्रशिक्षक कास्य ९०,०००/-

 

salt training

कमेन्ट गर्नुहोस्