
जनमत पार्टीले दुई नेतासँग स्पष्टीकरण माग गरेको छ । केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा ) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट ) स्पष्टीकरण सोधिएको प्रवक्ता शरद् सिंह यादवले बताए ।
पार्टीको हित बिपरित कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले दुबै नेतालाई बिहीबार ७ दिन भित्र जबाफ दिने गरी स्पष्टीकरण सोधेको उनको भनाइ छ । उनका अनुसार बिहीबार नै पत्र गइसकेको छ ।