३१ जेठ २०८३, आइतबार

नेकपा एसमा मिसिने गरी वामदेवले गरे हस्ताक्षर, साउन २ गते एकता घोषणा

असार २७, २०८२
काठमाडौं
नेकपा एसमा मिसिने गरी वामदेवले गरे हस्ताक्षर, साउन २ गते एकता घोषणा

नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएको छ।

आगामी साउन २ गते राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा हुने छ ।

त्यसका लागि शुक्रबार भएको सहमतिमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । 

'नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो,' सहमति पत्रमा उल्लेख छ ।​

null

salt training

कमेन्ट गर्नुहोस्