
काठमाडौं २३ मंसिर– आफूलाई बैकल्किप राजनीतिको धारको दावी गर्ने विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकामा 'सम्मानजनक' मात्र भोट पाएको छ ।
यसपटक राष्ट्रिय दल बन्ने र अर्को चुनावमा सरकारको नेतृत्वगर्ने दावी गरेको विवेकशील साझा पार्टी राष्ट्रिय दल बन्नबाट चुकेको छ । अब समानुपातिक तर्फबाट संसदमा पुग्ने उसको धोको छ ।
चुनाव प्रचार प्रसारका क्रममा निकै उत्साहित बनेका विवेकशील साझा पार्टीका प्रतिनिधि सभाका उम्मेदवारहरुले काठमडौंको कुनै पनि निर्वाचन क्षेत्रमा विजयी पाप्त गर्न सकेनन् । तर सम्मानजनक मत पाएका छन् ।
उम्मेदवारी दर्ता देखि नै उत्साहका प्रचारप्रसारमा लागेका विवेकशील पार्टीका उम्मेदवारले आफुहरुको जीत सुनिश्चित भएको दावी गर्दै आएका थिए । तर मतपरिणामले भने विवेकशीलले सोचेको जस्तो मत परिणाम पाप्त गर्न सकेन ।
‘मैले चुनाव जित्नेमा तपाइलाइं शका लाग्छ ?’ सुवुनाले चुनाव प्रचारका शिलशिलामा लोकान्तरसँगको कुराकानीमा भनेकी थिइन् ।
काठमडौं क्षेत्र नंबर १ मा सेलिब्रेटि उम्मेदवार बनेका रवीन्द्र मिश्र, क्षेत्र नंबर २ मा सूर्यराज आचार्य, क्षेत्र नंबर ३ मा सुमित्रा सिहं लामा, क्षेत्र नंबर ४ मा सुवुना बस्नेत, क्षेत्र नंबर ५ मा उज्वल बहादुर थापा, क्षेत्र नंबर ६ मा रमेश चितुवाल, क्षेत्र नंबर ७ मा अनुपा श्रेष्ठ, क्षेत्र नंबर ८ पुकार बम,क्षेत्र नंबर ९ मा मिलन पाण्डे र क्षेत्र नंबर १० मा प्रदीप ढकालले उम्मेदवारी दिए थिए ।
मत गणना सकिएको काठमडौं क्षेत्र नंबर १,२,३,४,८ र ९ मा विवेकशिलसाझाको अन्तिम मत परिणामा यस्तो छ :
काठमडौं क्षेत्र नंबर १, रविन्द्र मिश्र : १० हजार १ सय १८ मत
काठमाडौं क्षेत्र नंबर २, सूर्यराज आचार्य : ४ हजार ९ सय २७
काठमाडौं क्षेत्र नम्बर ३,सुमित्रा सिहं लामा : २ हजार २ सय ५
काठमाडौं क्षेत्र नंबर ४,सुवुना बस्नेत : ३ हजार ४०
काठमाडौं क्षेत्र नम्बर ८, पुकार बम : ४ हजार ४ सय १४
काठमाडौं क्षेत्र नम्बर ९, मिलन पाण्डेः ४ हजार ९ सय ४६ मत
यस्तै काठमडौं क्षेत्र नंबर ५,६,७ र १० को मतगणना जारी रहेको छ ।
अहिले सम्मको मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका विवेकशिलका उम्मेदवारहरुको मत यस्तो छ
काठमाडौं क्षेत्र नम्बर ५, उज्वल बहादुर थापा : ८ सय ४ मत (मतगणना जारी )
काठमाडौं क्षेत्र नम्बर ६,रमेश चिलुवाल : १७ सय ९५(मतगणना जारी )
काठमाडौं क्षेत्र नम्बर ७, अनुपा श्रेष्ठ : ६ सय ५२ (मतगणना जारी )
काठमाडौं क्षेत्र नम्बर १०, प्रदीप ढकालः १५ सय १४ (मतगणना जारी )