
गोरखा २३ मंसिर– चासोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले प्रतिद्वन्दी नारायणकाजी श्रेष्ठसंगको मतअन्तर बढाएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै बाबुरामले निरन्तर अग्रता लिएका छन् ।
शनिवार बिहान ११ बजेको नतिजा अनुसार बाबुरामले २४ हजार ३ सय ३ र नारायणकाजीले २०हजार २ सय ७२ मत पाएका छन् । मत अन्तर ४ हजार ३१ मत पाएका छन् । ६० हजार १ सय १ मत खसेकोमा अहिले सम्म ४७ हजार ३१६ मत गणना सम्पन्न भएको छ ।