२२ असार २०८३, सोमबार
गठबन्धनबारे प्रधानमन्त्री

आगामी निर्वाचनसम्म कांग्रेससँगको सहकार्य जारी रहन्छ, देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गर्छु : ओली

असार २८, २०८२
काठमाडौं
आगामी निर्वाचनसम्म कांग्रेससँगको सहकार्य जारी रहन्छ, देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गर्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । यस्तै अर्को वर्ष कांग्रेस आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । 

शनिबार झापाको कनकाई नगरपालिकामा आयोजित भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेससँगको गठबन्धन सुदृढ रहेको र सत्ता हस्तान्तरणसम्बन्धी सहमति बमोजिम प्रक्रिया अघि बढ्ने बताएका हुन्।

'आगामी निर्वाचनसम्म कांग्रेससँगको सहकार्य जारी रहन्छ,' प्रधानमन्त्री ओलीले भने, 'सहमतिअनुसार अर्को वर्ष देउवालाई सत्ता सुम्पिन्छु। सबै साथीहरू ढुक्क भएर अघि बढ्नुस्।'

कार्यक्रममा प्रधानमन्त्री ओलीले कनकाई नगरपालिकाका २०० भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र वितरण गरे। उनले भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि छिट्टै भूमि विधेयक संसद्बाट पारित गरिने जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्