![भानु जयन्तीको अवसरमा प्रभातफेरी, सभामुख र शिक्षामन्त्री सहभागी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Bhanu_Jayanti_16_KbfTD55AJm.jpg)
आज आइतबार आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती मनाइएको छ ।
नेपाली साहित्यमा आदिकविको रूपमा परिचित भानुभक्तको जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
सोही अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानको प्राङ्गणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पणसहित प्रभातफेरी कार्यक्रम गरेका छन् ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, साहित्यकारहरू वैरागी काइँला, नवराज लम्साललगायत सहभागी भए ।
विभिन्न विद्यालयका विद्यार्थी र नेपाली सेनाको ब्याण्ड टोली पनि प्रभातफेरीमा सहभागी भयो ।















