२९ जेठ २०८३, शुक्रबार

मिलन टोल विकास संस्थाको निर्वाचनमा रास्वपाको ‘क्लिन स्वीप’

असार २९, २०८२
बुटवल
मिलन टोल विकास संस्थाको निर्वाचनमा रास्वपाको ‘क्लिन स्वीप’

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर– ८ स्थित 'मिलन टोल विकास संस्था'को निर्वाचनमा सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मारेको छ ।

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत वडाको मिलन टोल विकास संस्थाको चुनावमा ४ जना पदाधिकारीमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको हो ।

उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो । यसैगरी कांग्रेस रुपन्देही सभापति तथा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणको घर भएको वडा जोडिएको टोल हो ।

१५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारी र ४ सदस्य रास्वपाले जितेको छ । 

२७२ घरधुरी मतदाता रहेको संस्थाको चुनावमा २३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत पाए ।

उपाध्यक्षमा पर्शुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रीना बरालले ८१ मत पाइन् । सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाएका थिए ।

कोषाध्यक्षमा रास्वपाका प्रतीक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबि चापागाईंले ९८ मत पाएकी छन् ।

रास्वपाका स्थानीय नेता बुद्धि सापकोटाले हरेक संस्थामा सत्तारुढ दुई दलको सिन्डिकेटविरुद्ध अब टोल टोलबाट विद्रोह हुन लागेको नतिजाका रूपमा यो चुनावलाई बुझ्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्