
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्काशित महामन्त्री मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार उक्त आदेश गरेको हो ।
आदेशमा रास्वपाले निर्वाचन आयोगमा पेस गरेको कागजात र अभिलेख अद्यावधिकसम्बन्धी कागजात झिकाउन भनिएको छ ।
आफूलाई रास्वपाको महामन्त्रीमा कायम गरिनुपर्ने र आफूमाथि रास्वपाले गरेको कारबाहीले मान्यता पाउन नहुने मागसहित ढकाल सर्वोच्च पुगेका थिए ।