
इटालीका यानिक सिन्नरले विम्बल्डन २०२५ को पुरुष एकल उपाधि जितेका छन् । उनले फाइनलमा स्पेनका कार्लोस अल्काराजलाई ३-१ ले पराजित गरे ।
सिन्नरले ३ घण्टाभन्दा बढी समयसम्म चलेको फाइनलको पहिलो सेट हारेका थिए, तर अर्को तीन सेट जितेर उनले इतिहास रचे ।
सिन्नरले पहिलो सेटमा पनि ४-२ को अग्रता लिएका थिए, तर त्यसपछि अल्काराजले राम्रो पुनरागमन गरे र पहिलो सेट ६-४ ले जिते ।
यसपछि, सिन्नरले दोस्रो, तेस्रो र चौथो सेट ६-४, ६-४, ६-४ ले जितेका हुन् ।
कार्लोस अल्काराजले फाइनलमा कुल ७ डबल फल्ट गरेका थिए, जबकि यानिक सिन्नरले केवल २ डबल फल्ट गरे।
सिनर विम्बल्डन इतिहासमा उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका छन्। यो सिनरको चौथो ग्रान्ड स्लाम उपाधि हो । उनले २ अस्ट्रेलियन ओपन र १ यूएस ओपन उपाधि जितेका छन् ।