३० जेठ २०८३, शनिबार

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

असार ३०, २०८२
काठमाडौं
विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग र सदस्यहरूमा आह्वान गरेको हो ।

विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।

'मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । विपद् पूर्वको तयारी र विपद्‌पश्चातको प्रतिकार्यका लागि ध्यान केन्द्रित गर्न अनुरोध छ ।'

salt training

कमेन्ट गर्नुहोस्