३१ असार २०८३, बुधबार

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

असार ३०, २०८२
काठमाडौं
नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन । भारतीय पक्षले प्रतिबन्ध लगाएपछि निर्यात ठप्प भएको हो । प्रतिबन्धले नेपालको स्टिल उद्योग क्षेत्रमा ठूलो असर पर्ने अनुमान गरिएको छ ।
    
यसका कारण विशेष आर्थिक क्षेत्र (सेज) मा रहेका उद्योगहरु प्रभावित भएका छन् । निर्यात गर्नुपर्ने बाध्यकारी व्यवस्थाबीच मुख्य आयातकर्ता भारतले उत्पादित सामानको भन्सार जाँचपास नगरिदिँदा उद्योगीहरु समस्यामा परेका हुन् । 
    
भारतमा स्टिल निर्यात गर्ने प्रणाली ‘स्टिल इम्पोर्ट म्यानेजमेन्ट सिस्टम’ (सिम्स)मा नेपालको मात्र नाम हटाइएको सेजमा रहेको विस्तार ग्लोबल प्रालिका प्रबन्धक रुपक गर्गले बताए । 

salt training

कमेन्ट गर्नुहोस्