०९ असार २०८३, मंगलबार

किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

असार ३१, २०८२
सुर्खेत
किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

सुर्खेतमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- ३ बस्ने जाजरकोट भेरी नगरपालिका- ५ घर भएका ३६ वर्षीय उदय चन्द छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्