२८ जेठ २०८३, बिहीबार

तुइन चुँडिँदा महाकालीमा खसेर १ जना बेपत्ता

असार ३१, २०८२
दार्चुला
तुइन चुँडिँदा महाकालीमा खसेर १ जना बेपत्ता
फाइल फोटो

तुइन चुँडिँदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।

व्यास गाउँपालिका– २ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिँदा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए ।

नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्