३१ असार २०८३, बुधबार

कमसल सामान ल्याएर ब्राण्डेड बनाई बेचेको आरोपमा चिनियाँ नागरिक पक्राउ

असार ३२, २०८२
काठमाडौं
कमसल सामान ल्याएर ब्राण्डेड बनाई बेचेको आरोपमा चिनियाँ नागरिक पक्राउ

चीनबाट कमसल इलेक्ट्रिक सामान ल्याएर ब्राण्डेड बनाई बेचेको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चिनियाँ नागरिक बसेको घरमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।

उक्त घरबाट प्रहरीले दुई ट्रक समान बरामद गरेको छ। २०८० देखि चिनियाँ नागरिकले त्यो घर भाडा लिएर अवैध काम गर्दै आएको प्रहरीले जनाएको छ । 

अनुसन्धान कार्यालयले मंगलबार राति घरमा छापा मारेको हो । एसपी काजिकुमार आचार्यका अनुसार अहिले राजश्व अनुसन्धान कार्यालयमा सामान बुझाउने काम भइरहेको छ ।

 ७ जना नेपाली कामदार राखेर चिनियाँ काम लगाउँदै थिए ।

salt training

कमेन्ट गर्नुहोस्