
मोरङमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थानसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय हरि कुमार महतो र १९ वर्षीय आशिष मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।
साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।