२२ असार २०८३, सोमबार

क्यानडामा बसेर नेपाली क्रिकेटलाई योगदान गर्ने किरोज श्रेष्ठ

असार ३२, २०८२
काठमाडौं
क्यानडामा बसेर नेपाली क्रिकेटलाई योगदान गर्ने किरोज श्रेष्ठ

नेपाली क्रिकेटलाई विश्व क्रिकेट इतिहासमा सर्वाधिक समर्थकको माया पाउने टिमको रूपमा चिनिन्छ । 

सन् २०१४ को विश्वकपबाट चर्चाको शिखरमा बलियो बन्न थालेको नेपाली टोलीले विश्व क्रिकेटका समर्थकको माया बटुल्न सफल छ ।

त्यसैमा नेपाली क्रिकेटलाई क्यानडामा रहेर समर्थन गर्ने एक व्यक्ति हुन् किरोज श्रेष्ठ । उनको नेपाली क्रिकेटप्रतिको लगाव यति छ कि उनले सन् २०२२ मा नेपाली क्रिकेट टोलीलाई क्यानडामा मैत्रीपूर्ण खेल खेल्ने माहोल बनाए । 

नेपालीज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी)का अध्यक्षको विशेष पहलमा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडामा आमन्त्रण गरी क्यानडाली क्रिकेट टिमसँग मैत्रीपूर्ण खेल आयोजना गर्दै नेपाली खेलकुद इतिहासमा एक नयाँ आयाम ल्याउन सफल भए । 

त्यस्तै, किरोजले नै नेपाली क्रिकेट टोलीलाई सन् २०२४ मा क्यानडा भ्रमणको क्रममा एक सामाजिक कार्य गर्ने अवसर बनाए । नेपाली टोली क्यानडा भ्रमणमा हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको फुड बैंकमा खाद्यान्न दान गर्दै मानवीय सेवामा योगदान गर्ने मौका पायो । 

त्यसै वर्ष क्रिकेट क्यानडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलमा नेपाली समुदायका अग्रजहरूलाई सम्मानस्वरूप निःशुल्क भीआईपी सिटको व्यवस्था गर्ने कार्य पनि किरोजले गरेका थिए । 

किरोजको यो योगदानको कदर गर्दै सन् २०२४ मा नेपाल र क्यानडाबीचको प्रतिस्पर्धात्मक खेलमा नेपाली कप्तान रोहित कुमार पौडेललाई क्यानडामा ‘म्यान अफ द म्याच’ दिने अवसर उनलाई दिएको थियो । 

उनै किरोज हाल एनआरएनए क्यानडाको अध्यक्षमा उठ्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्