२८ जेठ २०८३, बिहीबार

पटनामा उपचाररत एक कैदीको अस्पतालमै गोली हानी हत्या

साउन १, २०८२
काठमाडौं
पटनामा उपचाररत एक कैदीको अस्पतालमै गोली हानी हत्या
तस्वीर : बीबीसी हिन्दीबाट ।

भारतको बिहारको राजधानी पटनास्थित एक अस्पतालमा उपचाररत एक कैदीको गोली हानी हत्या गरिएको छ ।

पटनाको पारस अस्पतालमा उपचाररत एक कैदीलाई एउटा समूहले अस्पतालमै पसेर गोली हानी हत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार पारस अस्पताल राजधानी पटनाको राजा बजारमा अवस्थित छ र यो शहरको मुख्य अस्पतालहरू मध्ये एक हो ।

कैदीको नाम चन्दन मिश्र हो, जो बक्सर जिल्लाका निवासी हुन् । उनीमाथि केशरी नामक व्यक्तिको हत्या गरेको आरोप छ।

चन्दन मिश्रको विपक्षी समूहले अस्पतालमा प्रवेश गरेर धेरै राउन्ड गोली चलाइएको थियो ।  जसमा चन्दनको मृत्यु भएको समाचारमा उल्लेख छ ।

केही दिनअघि मात्र पटनाका प्रमुख व्यवसायी गोपाल खेमकाको गान्धी मैदान नजिकै उनको घरको ढोकामा हत्या गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्