२३ जेठ २०८३, शनिबार

हनुमाननगर नगरपालिकाले विद्युत्को न्यूनतम महसुल तिर्ने

साउन १, २०८२
सप्तरी
हनुमाननगर नगरपालिकाले विद्युत्को न्यूनतम महसुल तिर्ने

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले नागरिकले प्रयोग गर्ने विद्युत्को न्यूनतम महसुल तिरिदिने भएको छ । नगर प्रमुख वीरेन्द्र माझीले चालु आर्थिक वर्षदेखि न्यूनतम विद्युत्को महसुल नगरपालिकाले बेहोर्ने जानकारी दिए । 

“पाँच एम्पियर लोड स्वीकृत भएका ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत् महसुल नगरपालिकाले नै आजदेखि लागू हुनेगरी तिर्ने भएको छ, यसका लागि नगरपालिकाले चालु आवका लागि रु ६६ करोड ६८ लाख ६६ हजार १७०  बजेट विनियोजन गरेको छ,” उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्