२६ असार २०८३, शुक्रबार

चाइनिज पेस्तोलसहित २ जना पक्राउ

साउन २, २०८२
सुर्खेत
चाइनिज पेस्तोलसहित २ जना पक्राउ

सुर्खेतमा ​चाइनिज पेस्तोलसहित २ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका- ८ बस्ने २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।

उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका-८ बाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र​ नाइट्राजेपाम ४ सय ट्याब्लेटसहित गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्