३१ असार २०८३, बुधबार

‘बरघर भलमन्सा’ प्रथालाई कानुनी मान्यता दिँदै सरकार

साउन ४, २०८२
काठमाडौं
‘बरघर भलमन्सा’ प्रथालाई कानुनी मान्यता दिँदै सरकार

सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायमा प्रचलनमा रहेको ‘बरघर भलमन्सा’ प्रथालाई नियमन गरेर कानुनी मान्यता दिने प्रक्रिया अघि बढाएको छ ।

सरकारले प्रदेशसभा सचिवालयमा केही दिनअघि ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएर यस प्रथालाई नियमन गर्ने प्रक्रिया अघि बढाएको हो । प्रदेशमा बसोबास गर्ने आदिवासी थारू जातिभित्र परम्परादेखि प्रचलनमा रहेको बरघर भलमन्सा प्रथालाई संरक्षण, विकास र नियमन गर्न आवश्यक भएको प्रस्तावित विधेयकमा उल्लेख छ । विधेयकमा थारू जातिको बसोबास रहेका प्रत्येक गाउँमा एउटा बरघर भलमन्सा प्रणाली रहने र प्रदेश सरकाले आफ्नो वार्षिक बजेट कार्यक्रममा यसा प्रणालीको संरक्षण, विकास एवं संवर्द्धन गर्नका लागि आवश्यक बजेट तथा अनुदान रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । थारू समुदायबाट यस प्रथालाई कानुनी मान्यता दिनुपर्ने माग उठ्दै आएको थियो । यहाँ कैलाली र कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्