२४ जेठ २०८३, आइतबार

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, १ फरार

साउन ५, २०८२
धादिङ
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, १ फरार

धादिङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका- ३ बस्ने १९ वर्षीय अमृतजंग मल्लसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न १ जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्