१३ असार २०८३, शनिबार

२१ वर्षपछि पक्राउ परे हत्या मुद्दामा दोषी ठहर भएका शम्सेरबहादुर

साउन ५, २०८२
काठमाडौं
२१ वर्षपछि पक्राउ परे हत्या मुद्दामा दोषी ठहर भएका शम्सेरबहादुर

कर्तव्य ज्यान मुद्दामा फरार एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । 

संखुवासभाको चैनपुर नगरपालिका-९ बस्ने ६२ वर्षीय शम्सेरबहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या भएको घटनामा तत्कालीन पुनरावेदन अदालत धनकुटाले तामाङलाई दोषी ठहर गरेको थियो । 

अदालतले २०६९ असार १७ गतेको फैसलामा उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो । उनी घटनापछि फरार थिए । उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत संखुवासभा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्