
बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दिएको जानकारी अनुसार पर्साको ठोरी गाउँपालिका–४ स्थायी ठेगाना भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई नागार्जुन नगरपालिका–२ शान्तिनगर चोकबाट पक्राउ गरिएको हो ।
श्रेष्ठमाथि काठमाडौं जिल्ला अदालतले २०८१ साल माघ १५ गते पक्राउ अनुमति जारी गरेको थियो ।
उनलाई आज मंगलबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
श्रेष्ठ हाल काठमाडौंको नागार्जुन नगरपालिका–२ मा बसोबास गर्दै आएका थिए ।