३१ असार २०८३, बुधबार

नेकपा एसमा प्रवेश गरेको एक साता नबित्दै बामदेवको चेतावनी- काम दिनुहुन्न भने म धेरै समय बस्दिनँ

साउन ७, २०८२
काठमाडौं
नेकपा एसमा प्रवेश गरेको एक साता नबित्दै बामदेवको चेतावनी- काम दिनुहुन्न भने म धेरै समय बस्दिनँ

नेकपा (एकीकृत समाजवादी)का नेता बामदेव गौतमले काम गर्न नपाए धेरै दिन पार्टीमा नबस्ने चेतावनी दिएका छन् । पार्टीमा प्रवेश गरेको एक साता नबित्दै काम नपाए पार्टीमै नबस्ने चेतावनी दिएका हुन् । 

४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा नेता गौतमले आफूलाई कुनै पद नचाहिएको तर, कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।

साउन २ गते मात्रै गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीमा समाहित भएको थियो । 

जुनसुकै ठाउँमा भए पनि आफूलाई काम दिनुपर्ने उनको भनाइ छ । 'मलाई पद चाहिन्न। मैले पहिला पनि भनेको छु मलाई काम दिनुस् । काम दिन कुन पद सिर्जना गर्नुपर्छ ? गरिदिनुस् । काम बिनाको पद चाहिँदैन,' उनले भने, 'पद कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ । यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।'

salt training

कमेन्ट गर्नुहोस्