११ साउन २०८३, सोमबार

किङ्स टी-१० इन्डोर क्रिकेट प्रतियोगितामा ३२ टोली

साउन ७, २०८२
काठमाडौं
किङ्स टी-१० इन्डोर क्रिकेट प्रतियोगितामा ३२ टोली

किङ्स क्रिकेट क्लबको आयोजनामा साउन ९ देखि १७ गतेसम्म काठमाडौंको बूढानीलकण्ठमा ‘किङ्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिता’ सञ्चालन हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

रोयल स्पोर्टस पार्कमा खेलिने उक्त प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार, इन्डोर क्रिकेटमा यो हालसम्मकै सबैभन्दा ठूलो सहभागिता पनि हो ।

आयोजक किङ्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले युथ क्रिकेटको विकास गर्नु प्रतियोगिताको उद्देश्य भएको बताए । प्रतियोगिताका प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने बताए ।

सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा रहेका टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहबाट शीर्ष टोली प्रतियोगिताको क्वार्टरफाइनल पुग्नेछन् ।

प्रतियोगिता आयोजनाको करिब १० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्