
काठमाडौं महानगरपालिका-२८, प्रज्ञा भवन, कमलादी नजिकै स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं वनस्थली बस्ने उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएकी २५ वर्षीया समीक्षा रिजाल रहेकी प्रहरीले जनाएको छ ।
उनले चलाएको बागमती प्रदेश ०२-०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।