२१ जेठ २०८३, बिहीबार

एक हजार विदेशी कामदार रोजगारीका लागि नेपालमा

मंसिर २४, २०७४
एक हजार विदेशी कामदार रोजगारीका लागि नेपालमा

काठमाडौँ, २४ मङ्सिर- चालू आर्थिक वर्ष ०७४ ७५ को पहिलो चार महिनामा एक हजारभन्दा बढी विदेशी रोजगारीका लागि नेपाल आएका छन् ।

श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ ।

चालू आवको कार्तिक मसान्तसम्ममा भारत बाहेकका तेस्रो मुलुकबाट नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या एक हजार ४१  रहेको श्रम विभागले जनाएको छ ।

तर गत आव २०७३ ७४ को चार महिनामा यो संख्या चार सय ५८ मात्रै थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्