
काठमाडौं, २४ मङ्सिर -प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतगणना सकिएको क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ ।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका सबै क्षेत्रमा समानुपातिकतर्पmको मतगणना सुरु भइसकेको जनाएको छ । दोस्रो चरणमा निर्वाचन भएका जिल्लामा पनि प्रत्यक्षतर्पmको मतगणना सकिएको क्षेत्रमा समानुपातिकको मतगणना सुरु गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
शनिबार अबेर रातिसम्ममा प्रतिनिधिसभाका ४८ क्षेत्रमा प्रत्यक्षतर्पmको मतगणना सकिएको छ । ती क्षेत्रमा शनिबार साँझदेखि समानुपातिकको मतगणना सुरु गरिएको आयोगले जनाएको छ । समानुपातिक मतगणनामा नेपाली कांग्रेसले बढी मत पाएका छन् । कांग्रेसपछि नेकपा एमाले र माओवादी केन्द्र र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले क्रमशः बढी मत पाएका छन् ।
आयोगले मतगणना सुरु गरेपछि चार दिनभित्रमा प्रत्यक्ष र आठ दिनभित्रमा समानुपातिकको मतगणना सक्ने बताएको थियो, राजधानी दैनिकमा खबर छ ।