२६ असार २०८३, शुक्रबार

लुम्बिनीमा ५० लाखभन्दा माथिका योजना मुख्यमन्त्री ड्यास बोर्डमार्फत् अनुगमन गरिने

साउन १३, २०८२
बुटवल
लुम्बिनीमा ५० लाखभन्दा माथिका योजना मुख्यमन्त्री ड्यास बोर्डमार्फत् अनुगमन गरिने

लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजना मुख्यमन्त्री ड्यास बोर्डमार्फत् अनुगमन गर्ने भएको छ । 

मंगलबार सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत् अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिएका हुन् ।

‘सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ । ५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत् अनुगमन गर्ने प्रणालीको विकास गरौं’, मुख्यमन्त्री आचार्यले भने, ‘सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसमा सरकारले ध्यान दिएको छ ।’

मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । ‘जुन लक्ष्य र उद्देश्य राखिएको छ, त्यसअनुसार किसान एप कार्यान्वयनमा लैजान जरुरी छ’, उनले भने, ‘प्रदेशका मुख्य तरकारी बजारहरूको दैनिक मूल्यसूची राख्न आवश्यक छ । गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समावेश गरी सबैको पहुँचमा पुर्‍याउन सकिन्छ ।’

यस्तै, सूचना तथा सञ्चार प्रविधिको सेवा लक्षित वर्गले उपयोग गर्न सक्ने गरी विस्तार गर्न पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्