
पूर्वी नवलपरासीको नवलपुरस्थित बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ११ हर्कपुरमा रहेको रिसोर्टमा बुधबार बिहान ९ बजेबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
प्रहरीका अनुसार आगो लगभग नियन्त्रणमा आएको छ ।
रिसोर्टको मुख्य भवन पूर्णरूपमा जलेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।