
उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२६० नम्बरको ट्रक बिहान करिब ६ बजे अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालकको ज्यान गएको हो। दुर्घटनामा परेका चालक त्रियुगा नगरपालिका–४, बगाहाका अन्दाजी ३५ वर्षीय जीवन बिक रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका बिकलाई तत्कालै जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो। तर उपचारको क्रममा बिहान ७:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएको र आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।