
पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहित आज बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।
पहिरो पन्छाउने प्रयास भैरहेको उनको भनाइ छ ।