०७ असार २०८३, आइतबार

सङ्खुवासभामा बस दुर्घटना : १४ जना घाइते, १ को अवस्था गम्भीर

साउन १७, २०८२
संखुवासभा
सङ्खुवासभामा बस दुर्घटना : १४ जना घाइते, १ को अवस्था गम्भीर

सङ्खुवासभाको धर्मदेवी नगरपालिका– ९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।

घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ लामिछानेले बताए ।

अन्य घाइतेको वसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक सङ्खुवासभाको धर्मदेवी– ६ का खेम महत फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्