०६ साउन २०८३, बुधबार

नेफिनको सद्‌भावना दूतमा एन्जेल राई नियुक्त

साउन १८, २०८२
काठमाडौं
नेफिनको सद्‌भावना दूतमा एन्जेल राई नियुक्त

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्‌भावना दूतमा नियुक्त गरेका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्‌भावना दूतको घोषणा गरिएको हो ।

सद्‌भावना दूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पुर्‍याउने महासङ्घका महासचिव दिवस राईले विश्वास व्यक्त गरे ।​ 

नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवर्द्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्त्वका साथ हेरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्