११ साउन २०८३, सोमबार

यी चर्चित अनुहार, जसले हार्दा पनि चर्चा

मंसिर २४, २०७४
यी चर्चित अनुहार, जसले हार्दा पनि चर्चा

काठमाडौं, २४ मंसिर– संबिधान कार्यान्वयनको महत्वपूर्ण कडिका रुपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा केही पात्र हारेर पनि चर्चाको शिखरमा पुगे । निर्वाचनको अन्तिम मत परिणाम आइरहँदा राजनीतिमा अब्बल मानिने केही पात्रले हार ब्यहोरे, जुन पात्र चुनावी माहोल सुरु हुँदादेखि निकै चर्चामा थिए । 

खासगरी यसपालीको चुनावको अवस्था हेर्दा जनताले स्थायी सरकारको तीब्र इच्छा राखेको देखियो । आगामी पाँच वर्षका लागि स्थायी सरकार बन्ने आशले वाम गठबन्धनलाई अधिकांश स्वतन्त्र मतदाताले मतदान गरे । त्यसकारण राष्ट्रिय राजनीतिमा निकै तल्लो बरियतामा रहेका वामपन्थी उम्मेद्वार हेबिवेट काँग्रेस नेताहरुलाई हराउन सफल भए । 

त्यसमध्ये विभिन्न खाले पदीय प्रतिस्पर्धामा धेरै पटक हारेर चर्चामा आइरहने नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक प्रतिनिधिसभामा पनि पराजित भए । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका पौडेललाई एमालेका किसान श्रेष्ठले हराए । 

यसपालीको चुनावका क्रममा चर्चाको शिखरमा पुगेकी नेपाली काँग्रेसकी नेतृ एवं सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा देउवाले पनि हार ब्यहोर्नुपर्यो । चुनावको सम्मुखमा आएर धनगढीमा घर किनेर कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएर राष्ट्रिय मिडियामा छाएकी राणालाई एमालेका उम्मेद्वार नारदमुनी रानाले हराए । 

यसैगरी सुशील कोईराला सरकारका पालामा दक्षिण एशियाकै उत्कृष्ट अर्थमन्त्री भन्दै चर्चा पाएका नेपाली काँग्रेसका प्रभावशाली नेता रामशरण महत पनि यो पालीको चुनावका हार बेहोर्न बाध्य भए । नुवाकोट १ बाट प्रतिनिधिसभामा उम्मेद्वार बनेका उनलाई माओवादी केन्द्रका हितबहादुर तामाङसँग हारे । 

यो पालीको चुनावमा नेपाली राजनीतिका चर्चित खेलालीका रुपमा लिइने कमल थापाले पनि हार ब्यहोनुपर्यो । मकवानपूर १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका राप्रपा नेपालका अध्यक्ष थापाले एमालेका उम्मेद्वार कृष्णप्रसाद दाहालसँग हार ब्यहोर्नुपर्यो ।  

नेपाली काँग्रेसका एक अर्का चर्चित पात्र अर्जुन नरसिंह केसी पनि संसदमा अटाउन सकेनन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित गगन थापाका ससुरासमेत रहेका सिंहले नुवाकोट १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका थिए । उनी एमालेका नारायणप्रसाद खतिवडासँग हार ब्यहोर्न बाध्य भए । 

नेपाली राजनीतिमा राणा परिवारको बिरासत थामिरहेका पशुपति शमसेर राणा पनि किक आउट भए । सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका राणा एमालेका शेरबहादुर तामाङसँग पराजित हुन बाध्य भए । 

यसैगरी नेपाली काँग्रेसभित्र लामो इतिहास बोकेको कोईराला परिवार एक प्रमुख पात्र शेखर कोईराला पनि पराजित भएका छन् । मोरङ ६ बाट प्रतिनिधिसभाको चुनावी मैदानमा होमिएका कोईराला एमालेका एक चर्चित पात्र लालबाबु पण्डितसँग पराजित भए । 

यसपालिको चुनावमा नेपाली काँग्रेसका एक प्रभावशाली नेता कृष्णप्रसा सिटौला पनि पराजित भएर चर्चामा आए । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा आएका सिटौला राप्रपा नेपालका राजेन्द्र लिंग्देनसँग पराजित भए । 

नेपाली काँग्रेसका एक प्रभावशाली नेता बिमलेन्द्र निधि पनि यो चुनावमा हार ब्यहोर्न बाध्य भए । धनुषा ३ बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा होमिएका निधि राजपा नेपालका अर्का चर्चित नेता राजेन्द्र महतोसँग पराजित भए । 

एमाले र माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा गर्दाको बेलादेखि नै चर्चाको शिखरमा रहेका माओवादी केन्द्रका प्रभावशाली नेता नारायण काजी श्रेष्ठले  पनि हार बेहोरका छन् । वामगठबन्धमा मिल्न गएका बाबुराम भट्टराईलाई गठबन्धनले अगाडि सार्दा अस्विकार गर्दै गोरखा २ बाट उम्मेदवारी दिएका श्रेष्ठ अन्ततः पराजित भए । 

वाम तालमेलमा महत्वपूर्ण भुमिका खेलेका भनिएका एमालेका नेता वामदेव गौतम पनि हार ब्यहोर्न बाध्य भए । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका गौतम नेपाली काँग्रेसका सञ्जय गौतमसँग पराजित हुन बाध्य भए ।

यसैगरी नेपाली काँग्रेसका अर्का चर्चित नेता महेश आचार्य पनि मोरङ ३ बाट पराजित भए । माओवादी केन्द्रका अमनलाल मोदीसँग उनी पराजित भए । 

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएपछि निकै चर्चामा रहेका नेकपा एमालेका नेता राजन भट्टराई पनि हार ब्यहोर्न बाध्य भए । उनलाई नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले हार चखाएका हुन् ।

एकाएक वैकल्पिक राजनीतिक धार ल्याउँदै चर्चाको शिखरमा पुगेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि हारेर चर्चामा आए । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनधिसभामा उम्मेद्वारी दिएका मिश्रले नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग हार ब्यहोर्नु पर्यो । 
यसैगरी नेपाली काँग्रेसका प्रभावशाली नेताहरु प्रकाश शरण महत, यज्ञ बहादुर थापा, विश्वप्रकाश शर्मा लगायतका नेता हारेर पनि चर्चामा रहे । 

यसैगरी चुनावअघि  चर्चामा रहेका राप्रपाका दिक बोहरा पनि हार बेर्होन बाध्य भए ।
 

salt training

कमेन्ट गर्नुहोस्