०२ साउन २०८३, शनिबार

बागमतीमा बन्यो नयाँ सरकार, को-को बने मन्त्री ? [सूचीसहित]

साउन २०, २०८२
काठमाडौं
बागमतीमा बन्यो नयाँ सरकार, को-को बने मन्त्री ? [सूचीसहित]

बागमती प्रदेशमा, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम आजै मुख्यमन्त्री नियुक्त भएका ​बानियाँले प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

लगत्तै बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले थप ८ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्री बन्नेहरूमा एमालेबाट ६ र कांग्रेसबाट २ जना रहेका छन् । 

एमालेबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री नियुक्त भएका हुन् । 

यसैगरी कांग्रेसबाट खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रीमा कृष्णकुमार तामाङ नियुक्त भएका छन् भने शिवराज अधिकारीलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

कांग्रेसको भागमा परेका ७ मन्त्रालयमा २ मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफैं राखेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्