
आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार पोखराबाट पक्राउ गरेको हो ।
विद्युतीय कारोबार सम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेकी वाइबालाई थप अनुसन्धान एवं कारबाहीका लागि साइबर ब्यूरो काठमाडौं पठाइएको डीएसपी बस्नेतले बताए ।
वाइबा यसअघि पनि साइबर अपराध र अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी थिइन् ।