०२ साउन २०८३, शनिबार

बागमती प्रदेशको मन्त्रिपरिषद्- कांग्रेसबाट दोहोरिएनन् पुराना अनुहार

साउन २०, २०८२
काठमाडौं
बागमती प्रदेशको मन्त्रिपरिषद्- कांग्रेसबाट दोहोरिएनन् पुराना अनुहार

बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिँदा बहादुर सिंह लामाले केही मन्त्रीलाई दोहोर्‍याउने सर्त राखेका थिए । 

तर, नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले लामाले सर्त राखेका कांग्रेसका प्रदेशसभा सदस्यलाई मन्त्रीमा चयन गरेनन् । मंगलबार शपथ लिएपछि बानियाँले एमालेबाट ६ र कांग्रेसबाट आफूसहित ३ गरी ९ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

यस क्रममा बानियाँले कांग्रेसबाट कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई मात्रै समेटेका छन् । तर, लामाले सर्त बनाएका कुन्दनराज काफ्लेलाई बानियाँले समेटेनन् । यति मात्र होइन, लामाले नियुक्त गरेका तर शपथ लिन नपाएका गोविन्द लम्साल, रिता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए । 

यसअघि काफ्ले आर्थिक मामिला तथा योजना मन्त्री थिए । बजेट निर्माणमा आफ्नै सांसदसँग समन्वय नगरेको, गण्डकी प्रदेशमा बजेट दिएको आरोप काफ्लेमाथि लागेको थियो । नेता कृष्णप्रसाद सिटौला समूहका काफ्ले र अन्य केहीलाई मन्त्रीमा दोहोर्‍याउनुपर्ने शर्त लामाले राखेका थिए ।

तामाङ खानेपानी र अधिकारी विना विभागीय मन्त्री बनाइएका हुन् । यी दुवै यसअघि मन्त्री थिएनन् ।

एमालेका मधुसुदन पौडेल कृषि, किरण थापा स्वास्थ्य, जयराम थापा श्रम, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार, विन्दु श्रेष्ठ उद्योग र भरतबहादुर केसी वनमन्त्री भएका हुन् ।

मुख्यमन्त्री बानियाँले आर्थिक मामिला, आन्तरिक मामिला, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, सहकारी तथा गरिबी निवारण गरी ५ वटा मन्त्रालय आफैंसँग राखेका छन् । यद्यपि बानियाँसँग आफूले राखेका मन्त्रालयमा पुराना कांग्रेसका सदस्य पनि ल्याउने सुविधा छ ।

बानियाँले संसदीय दलमा बहुमत जुटाएपछि लामाले राजीनामा दिएका थिए । त्यसपछि मंगलबार बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्