२७ असार २०८३, शनिबार

पोर्टोका पूर्वकप्तान जर्ज कोस्टाको ५३ वर्षको उमेरमा निधन

साउन २१, २०८२
काठमाडौं
पोर्टोका पूर्वकप्तान जर्ज कोस्टाको ५३ वर्षको उमेरमा निधन

फुटबल क्लब पोर्टोका पूर्व कप्तान जर्ज कोस्टाको हृदयघातका कारण निधन भएको छ ।  क्लबको प्रशिक्षण केन्द्रमै ५३ वर्षको उमेरमा उनको निधन भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। 

उनी पोर्टोको एकेडेमीबाट स्नातक भएका थिए र क्लबका लागि ३२४ खेल खेल्दै च्याम्पियन्स लिग, युईएफए कप र आठ प्राइमिरा लिगा उपाधि सहित २४ ट्रफी जितेका थिए।

२००४ मा जोसे मोरिन्होको नेतृत्वमा च्याम्पियन्स लिग जितेको पोर्टो टोलीका कोस्टा केन्द्रिय रक्षाका प्रमुख खेलाडी थिए। उनी २००१–०२ मा प्रिमियर लिग क्लब चार्लटनमा ऋणमा पनि खेल्न गएका थिए।

खेलबाट अवकाश लिएपछि व्यवस्थापनमा होमिएका कोस्टाले १६ क्लबमा प्रशिक्षकको भूमिका सम्हालेका थिए। उनी सन् २०२३ मा पोर्टोको व्यावसायिक फुटबल निर्देशक बनेका थिए।

उनको निधनप्रति जोसे मोरिन्हो, डेको, पेपे, र ब्रागालगायत व्यक्तित्व तथा क्लबहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। डेकोले कोस्टालाई महान कप्तान र पोर्टोको प्रतीक भनेर सम्झिएका छन्।

कमेन्ट गर्नुहोस्