२८ असार २०८३, आइतबार

करेन्ट लागेर गैँडा मर्‍यो, खाग र खुर सुरक्षित

साउन २१, २०८२
चितवन
करेन्ट लागेर गैँडा मर्‍यो, खाग र खुर सुरक्षित

चितवनको माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९:३० बजे धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा गैँडा भेटिएको हो । 

गैँडाको खाग, खुर सुरक्षित रहेको उनले बताए । 

कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्