२२ असार २०८३, सोमबार

कांग्रेस र एमालेबाहेक संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा

साउन २१, २०८२
काठमाडौं
कांग्रेस र एमालेबाहेक संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा कांग्रेस र एमालेबाहेक संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसेको छ ।​

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बुधबार अपरान्ह बसेको हो ।

बैठकमा कांग्रेस र एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी छन्।

आजको बैठक निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव मागेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ विषयमा केन्द्रित छ। 

salt training

कमेन्ट गर्नुहोस्