२८ जेठ २०८३, बिहीबार

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक छलफल गरियो : प्रधानमन्त्री ओली

साउन २३, २०८२
काठमाडौं
उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक छलफल गरियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीमा बेपत्ता भएका नेपालीको उद्धारका लागि कूटनीतिक माध्यमबाट छलफल गरिएको बताएका छन् । 

बाढीमा १७ नेपाली पनि बेपत्ता भएको खबर आएको भन्दै उनीहरूको उद्धारका लागि दूतावासमार्फत् छलफल गरिएको जानकारी दिएका हुन् । 

ओलीले बाढीले ठूलो जनधनको क्षति पुगेको दुखद् खबरले चिन्तित तुल्याएको समेत उल्लेख गरेका छन् । 

'छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुखद् खबरले चिन्तित छु। बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ,' शुक्रबार बिहानै फेसबुकमा उनले लेखेका छन्, 'उनीहरूको उद्धारका लागि दूतावासमार्फत् तत्काल कूटनीतिक छलफल भएको थियो । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।'

उत्तराखण्डमा आएको भीषण बाढीमा कम्तिमा १७ नेपाली बेपत्ता भएको आशंका छ । जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति नै जारी गरेर कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको जानकारी दिएका हुन् । अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा नआएको उनको भनाइ छ । 

यसैगरी, मजदुरीका लागी भारत पसेका बर्दियाको मधुवन नगरपालिका–६ का पाँच नेपाली सम्पर्कविहीन छन् । सडक निर्माणको काममा गएका उनीहरू बेपत्ता भएको परिवारबाट जानकारी आएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्