२० असार २०८३, शनिबार

जल्दै गरेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा २ जना पक्राउ

साउन २५, २०८२
काठमाडौं
जल्दै गरेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा २ जना पक्राउ
फाइल फोटो

पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

'शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौं,' उनले भने ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशालामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

salt training

कमेन्ट गर्नुहोस्