०७ असार २०८३, आइतबार

ब्राउन सुगरसहित काठमाडौंको बानेश्वरबाट दुई युवा पक्राउ

साउन २६, २०८२
काठमाडौं
ब्राउन सुगरसहित काठमाडौंको बानेश्वरबाट दुई युवा पक्राउ

सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित बासुकी मार्गबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोले सोमबार साँझ धनकुटाको पाख्रीबास नगरपालिक-५ बस्ने ३१ वर्षीय डिल्लीबहादुर कटुवाल र  झापाको भद्रपुर नगरपालिका-२ बस्ने ३० वर्षीय शैलेश थापा मगरलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर अन्दाजी ३०.१५ ग्राम, गाँजा तीन पोका, ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान, मोबाइल ३ थान तथा मोटरसाइकल बरामद गरेको छ ।

null

बासुकी मार्गको एक घरबाट उल्लेखित लागूपदार्थ बिक् रीवितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनीहरूले उक्त लागूपदार्थ सिरहाको गोलबजारबाट ल्याइ बिक्री गर्ने गरेको बुझिएको छ । नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित थप कारबाहीका लागि प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्रका डीएसपी थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्