०३ असार २०८३, बुधबार

आइतबार महाकाली नदीमा बेपत्ता भएका २ बालिका अझै भेटिएनन्

साउन २७, २०८२
कञ्चनपुर
आइतबार महाकाली नदीमा बेपत्ता भएका २ बालिका अझै भेटिएनन्

महाकाली नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ ।

आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास गरे पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेको हो ।

'नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन,' उनले भने, 'आज तेस्रो दिन पनि महाकाली नदीमा खोजीकार्य जारी छ ।'

उनका अनुसार महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त–११ का मुकेश पन्तकी ६ वर्षीया छोरी सानवी र सोही ठाउँका पदमराज पन्तकी ८ वर्षीया छोरी जीविका पन्त महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्